राष्ट्रिय वाणिज्य बैंकको देशैभर वित्तीय साक्षरता अभियान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरेको छ ।
ग्लोबल मनी सप्ताह २०२४ लाई सफल बनाउने उद्धेश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ ।
चैत ६ गतेदेखि ११ गतेसम्म ग्लोबल मनी सप्ताह २०२४, Protect Your Money, Secure Your Money भन्ने मुल नाराका साथ सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको जनाइएको छ ।
ग्लोबल मनी सप्ताह, वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्धेश्यले वार्षिक रुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।
नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैंकको देशैभरीका शाखा कार्यालयले विद्यार्थी, युवा, मजदुर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकलाई लक्षित गरी एक हप्तासम्म ज्ञान, सीप तथा बैंकिङ आदत सिकाउन वित्तीय सचेतना कार्यक्रममार्फत जानकारी दिइने बैंकले बताएको छ ।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ, ७१ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।
You might also like

Comments are closed.

Secret Link