समृद्धि फाइनान्सको गैर शाखामा १६ सय ग्राहक आवद्ध, ७ करोड ६६ लाख बचत सङ्कलन

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड शाखा कार्यालय गैर सर्लाहीले आफ्नो पहिलो बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा शाखाले बर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरिएको छ । शाखाले स्थापनाकालदेखि हालसम्म १६ सय ग्राहकलाई आवद्ध गर्दै ७ करोड ६६ लाख बचत सङ्कलन र १ करोड ५० लाख लगानी गर्न सफल भएको शाखा प्रमुख रामहरी निरौलाले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको यस फाइनान्सले कविलासी नगरपालिकाका स्थानीय व्यापारी, वचतकर्ता, बुद्विजिवी, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधि लगायत सहभागी थिए । कार्यक्रममा विभिन्न व्यक्तिले आ–आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको थप प्रगतिको शुभकामना दिएका छन् ।

शाखाले आगामी दिनमा स्थानीयको आवश्यकता अनुसार कर्जालाई प्राथमिकता दिएर गुणस्तरिय कर्जा लगानी र बैंकिङ सेवालाई थप शसक्त बनाउन प्राथमिकता दिएर कार्य गर्ने शाखाको कार्ययोजना रहेको छ ।

समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निःशूल्क प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.