समृद्धि फाइनान्सको औरही शाखाको पहिलो बार्षिकोत्सव सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको औरही शाखा कार्यालयले आफ्नो पहिलो बार्षिकोत्सव सम्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको यस फाइनान्सले औरही नगरपालिकाका स्थानीय व्यापारी, वचतकर्ता, बुद्विजिवि, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधि लगायत सहभागी थिए । कार्यक्रममा सहभागीले फाइनान्सको प्रगतिको शुभकामना दिए ।

शाखाले आगामी दिनमा स्थानीय आवश्यकता अनुसारको कर्जालाई प्राथमिकता दिई गुणस्तरिय कर्जा लगानीमा अगाडि बढ्ने र बैंकिङ सेवालाई थप शसक्त बनाउन स्थानीय जनचाहना बमोजिम कार्यलाई प्राथमिकता दिई कार्य गर्ने शाखाको कार्ययोजना रहेको छ ।

यस फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निःशूल्क प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.