एस.एल.आरका लक्की ड्र विजेतालाई चेक हस्तान्तरण

काठमाडौं । मोटरहेड ब्राण्डका नेपालको लागि आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले लक्की ड्रमार्फत विजेताहरुलाई आज एक समारोहको बिच चेक हस्तान्तरण गरेको छ ।

कम्पनीले आफ्नो दशैं/तिहार/छठअन्तर्गतको अफर अनुरुप तीन जना भाग्यशाली विजेताहरुलाई उक्त चेक हस्तान्तरण गरेको छ । उक्त अफरमा मोटरहेडका MH-150R गर्ने काठमाडौं निवासी सुभेन्दुरत्न तुलाधरले १ लाख जिनेका छन् भने, रुकुम घर भई हाल काठमाडौं बस्दै आएका दया बुढा मगरले ५० हजार र तेस्रो विजेता ललितपर निवासी सुशान्त पौडेलले २५ हजार जितेका थिए ।

मगर र पौडेलले उक्त अफरमा मोटरहेडका परिचित मोडल Tekken R 250 र Scrambler खरीद गरेका थिए । कम्पनीले उक्त अवधिमा चलाएको नगद छुटको अफरको साथै लक्की ड्र मार्फत आफूहरु उक्त रकमको योग्य हुन पाएकोमा तीनै जना ग्राहक खुशी देखिन्थे ।

jutta mela

साथै मोटरहेडको वाइकको Performance र Satisfaction level आफूलाई साह्रै मन परेको जानकारी दिए । उक्त कार्यक्रममा विजेताहरुलाई चेक हस्तान्तरण एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रा.लि.का निर्देशक सुगम घिमिरेले गरेका थिए ।

हाल कम्पनीको नयाँ वर्ष २०७९ अन्तर्गतको अफर जसमा Scratchगरी १ लाखसम्म जित्न सकिने र १ जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत २ लाख ७ हजार ९ सय जित्न सकिने व्यवस्था रहेको छ ।

यस ब्राण्डका हाल सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स सुविधाका साथ देशका मूख्य सहर विर्तामोड, इटहरी, हेटौंडा, मन्थली, धादिङ, बुटवल, कावासोती, पोखरामा र उपत्यकाभित्र टेकु, बालाजु, धोबिघाट, चावहिल तथा भक्तपुरको सल्लाघारीमा रहेको छ ।

You might also like

Comments are closed.