पोखरा । सोपाल मिलीजुली व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
सोपाल समाज पोखराका व्याडमिन्टन सदस्य खेलाडीहरुबीच भाइचारा, सदभाव तथा आत्मीयता र सामिप्यता कायम गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो । सोपाल समाजद्वारा आयोजित प्रतियोेगितामा २३ टिमको सहभागीता थियो ।
प्रतियोगितामा हेमकृष्ण श्रेष्ठ र ईन्द्रप्रसाद गुरुङ विजयी भए । ललित बोहरा र मेजर लक्ष्मी प्रसाद गुरुङ द्वितीय भए भने उपेन्द्र श्रेष्ठ र कृष्ण जिसी तृतीय भएका छन् । प्रतियोगीतामा प्लेटतर्फ वेल बहादुर थापा र नविन नापित बिजयी भएका छन् । अमिर रामदाम र दिलकाजी गुरुङ द्वितीय हुँदा देवेन्द्र गुरुङ र राजु पाण्डे तृतीय भए । प्रथम, द्वितीय र तृतीय दुबै तर्फका टिमले ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।
सोपाल तमु समाजका अध्यक्ष दिपक गुरुङले एम्पाएरलाई कक हस्तान्तरण गरेर प्रतियोगीता प्रारम्भ गरेका थिए । प्रतियोगीताको एम्पाएरमा सिद्धार्थ श्रेष्ठ, मणि गुरुङ र छबि सुबेदी रहेका थिए । प्रतियोगीतामा अनुशासित खेलाडीको उपाधी उदय सेरपुन्जालाई प्रदान गरियो ।
Comments are closed.