वाईसीएनसीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं । युथ कम्युनिटी फर नेप्लिज कन्ट्याक्टर्स (वाइसीएनसी)को अध्यक्षमा ई. सुशीलकुमार श्रेष्ठ निर्वाचित भएका छन् । हालै सम्पन्न आठौं  साधारणसभाबाट उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

संस्थाको प्रथम उपाध्यक्षमा वसन्त बहादुर चन्द, द्वितीय उपाध्यक्षमा राजु   फुयाल, तृतीय उपाध्यक्षमा भीम पाल, महासचिवमा दीपक राज जोसी र कोषाध्यक्षमा निर्माण गौली निर्वाचित भएका छन् ।

सदस्यहरुमा सौरभ शर्मा, रामजी पन्त (मुकेश), सन्तोष शाह, करुन श्रेष्ठ, परितोष गुप्ता, आभुषण ज्योति कंसकार, राजेन्द्र महतारा, अजान दाहाल निर्वाचित भएका छन् ।

jutta mela

You might also like

Comments are closed.