आईतबारदेखी पोखरामा टिभिएस बडा मेला

पोखरा, २ चैत ।
टिभिएस मोटरसाईकलको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक विक्रेता बतास व्रदर्श प्रालिले चैत ३ गते आईतबार देखी ७ गतेसम्म बडा मेला कार्यक्रम गर्ने भएको छ ।  पोखरा सभागृहमा ‘टिभिएस बडा मेला, नगरौँ है अवेला’ भन्ने नाराका साथ हुने कार्यक्रममा टिभिएस मोटरसाईकल तथा स्कुटरको खरीद तथा साटफेरमा विभिन्न अफर तथा नगद छुट प्राप्त गर्ने सकिने टिभिएसका विक्री प्रवन्धक सन्तोष पोखरेलले बताए ।

सो कार्यक्रममा जुनसुकै मोडलमा मोटरसाईकल नगुडे पनि न्यूनतम रु.२५ हजार मुल्याङ्कन, हरेक खरिदमा रु.पाँच हजार देखी एक लाखसम्मको स्क्रायच कुपन, मासिक रु. तीन हजार ८०० बाट किस्ताबन्दीको सूविधा, फ्रि मोटरसाईकल चेक अप, स्टन्ट शो, स्लो राईड प्रतियोगिता, फ्रि मेहेन्दी तथा फेस पेन्टिङ लगायतको सूविधा रहेको कम्पनीले जनाएको छ ।

टिभिएस ब्राण्ड गण्डकी धौलागिरी क्षेत्रमा सर्वाधिक लोकप्रिय रहेको भन्दै पोखरेलले भने,‘ यो कार्यक्रम अहिलेसम्मकौ ठूलो प्रवद्र्धनात्मक कार्यक्रम हो । यसबाट ग्राहकले अहिलेसम्म प्राप्त गर्न नसकेको नगद छुट र अफर प्राप्त गर्न सक्दछन्।’

You might also like

Comments are closed.