एनआइसी एशियाका अध्यक्ष अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ पदक

काठमाडौं । एनआइसी एशिया बैंकका सञ्चालक समितिका अध्यक्ष तथा विशाल गु्रपका उपाध्यक्ष तुलसीराम अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’ पदकबाट विभूषित हुने भएका छन् । संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अग्रवाललाई उक्त पदकबाट विभूषित गर्ने घोषणा गरेकी हुन् ।

अग्रवाल पाँच दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा सक्रिय रही सफल उद्योगी व्यवसायीको पहिचान बनाएका छन् । मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरू पनि उनको संलग्नता छ । भिजी फाउण्डेसनमार्फत सामाजिक काममा समेत उनको सक्रियता छ ।

यसैबीच, बैंकका अध्यक्ष अग्रवालाई विभूषण प्रदान गर्ने घोषणा गरेकोमा एनआइसी एशिया बैंकले राष्ट्रपति र सरकारप्रति कृतज्ञता जाहेर गरेको छ । अग्रवालसहित सरकारले ५९४ जनालाई मानपदवी, अलंकार र पदकबाट सम्मान गर्दैछ ।

You might also like

Comments are closed.