धौलागिरी लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा जोशी नियुक्त

आर्थिक आवाज
पोखरा । धौलागिरी लघुवित्त वित्तीय संस्था बाग्लुङको नायव प्रमुख कार्यकारी अधिकृतमा बैंकर शिवराम जोशी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिले २०७६÷०८÷२५ बाट लागु हुनेगरि जोशीलाई सो पदमा नियुक्त्त गरेको बताइएको छ ।

२०६३ चैत्रबाट छिमेक लघुवित्तमा फिल्ड सहायकबाट लघुवित्त सेवामा प्रवेश गरेका जोशीले, २०६६ मा मुक्तिनाथ विकास बैंकको लघुवित्त विभाग र २०६७ देखि २०७५ साउन २ गतेसम्म तत्कालीन ओम डेभलपमेन्ट बैंकको लघुवित्त विभागमा प्रमुख भई कार्य गरेका थिए ।

२०७५ साउनदेखि २०७६ मंसिर २२ सम्म कालिका लघुवित्त वित्तीय संस्थाको सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका जोशी लघुवित्त क्षेत्रका अनुभवी व्यक्ति मानिन्छन् ।

jutta mela

जोशीको आगमनले धौलागिरी लघुवित्तको वित्तीय कारोबारमा थप टेवा पुग्ने सञ्चालक समितिले विश्वास लिएको छ । ३६ वटा शाखा मार्फत लघुवित्त सेवा प्रदान गरिरहेको धौलागिरी लघुवित्त वित्तीय संस्थाको हालसम्म ७० करोड लगानी र ४७ करोड बचत रहेको बताइएको छ ।

You might also like

Comments are closed.