हुन्डाईको इलेक्ट्रिक गाडी कोना नेपालमा सार्वजनिक, मूल्य र विशेषता सहित

काठमाडौं, १७ माघ ।
हुन्डाईको नयाँ इलेक्ट्रिक गाडी कोना ईभी नेपाली बजारका लागि लन्च भएको छ । बिहीबार एक विशेष कार्यक्रम बीच हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोना ईभी लन्च गरेको छ ।

कोना ईभी हुन्डाईको पहिलो पूर्ण इलेक्ट्रिक सब–कम्प्याक्ट एसयूभी हो, जसमा क्लोज्ड ग्रिल र अद्भुत वाहिरी डिजाइन छ । यसको भित्री भागमा रहेको सेन्टर कन्सोलले सहज रुपमा सिफ्ट बाई वायर मोडलले गाडी चलाउन सहयोग गर्छ ।
कोना ईभीले १३५ पीएसको पावर दिन्छ र यसका कारण एसयूभीको दरिलोपनको साथ इलेक्ट्रिक पावरट्रेनको पावर प्रदान गर्छ । यसमा ३९.२ किलोवाट आवरको पोलिमर ब्याट्री प्याक छ, जसलाई सिंगल चार्ज गर्दा ३ सय किलोमिटर भन्दा बढी दुरी सम्म ड्राइभ गर्न सकिन्छ ।

यसमा टप बटम एलईडी डीआरएल, ढाकिएको फ्रन्ट चार्ज पोर्ट, एलईडी रियर ल्याम्प्स, अटोहोल्डको साथ इलेक्ट्रिक पार्किङ ब्रेक (ईपीबी), प्याडल सिफ्टर, तातो र हावा जाने अगाडिको सिटहरु, वायरलेस चार्जर, ६ एयरब्याग, हिल असिष्ट कन्ट्रोल आदि विशेषताहरु छन् ।

कोना इलेक्ट्रिकको मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो विभिन्न चार कलर भेरिएन्टमा उपलब्ध छ । नेपाली बजारका लागि लक्ष्मी इन्टरकन्टिनेन्टलले ३ वर्षको वारेन्टी र ८ वर्षको ब्याट्री वारेन्टी उपलब्ध गराएको छ ।

You might also like

Comments are closed.