मापदण्ड विपरित बनेको होटलको उद्घाटन गरे उपराष्ट्रपति पुनले

आर्थिक आवाज
पोखरा, २ माघ । पोखराको अमरसिंहचोकमा सुविधा सम्पन्न १० तले भवनमा ‘होटल टास्क इन्टरनेसनल’ खुलुेको छ । १८ करोड रुपैयाँको लगानीमा व्यवसायी मिनराज गुरुङ र उनकी धर्मपत्नी गौरी तमुले होटल सञ्चालनमा ल्याएका हुन् । महाभूकम्प गएको दिन २०७२ साल वैशाख १२ गते शिलान्यास गरिएको सो होटल चार वर्षपछि भूकम्प सुरक्षा दिवसको अवसर पारेर उद्घाटन गरिएको छ । होटलको उपराष्ट्रपति नन्दबहादुर पुनले बुधबार उद्घाटन गरे ।

उपराष्ट्रपति नन्दबहादुर पुनले होटलको उद्घाटन गरेपनि होटल टास्क इन्टरनेसनलको भवन पोखरा महानगरपालिकाले तोकेको मापदण्ड बिपरित छ । पोखरामा हालसम्म ३ तला सम्मको मात्रै भवन बनाउने अनुमति छ । यद्वपि पोखरा महानगरपालिकाले भवनको नयाँ मापदण्ड बनाउने तयारी गरेपनि लागु भइसकेको छैन । नयाँ मापदण्ड पनि ६÷७ तला भन्दा माथि जाने महानगरपालिका श्रोतले बताएको छ । पोखरा महानगरपालिकाको साधारणसभा यही माघ ११ र १२ गते हुँदैछ । यो साधारणसभाले पोखरामा बन्ने भवनको नयाँ मापदण्ड पारित गर्ने बताइएको छ ।

मापदण्ड बिपरित बनेको १० तले भवनमा सञ्चालित होटलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ पनि उपस्थित थिए । तर मापदण्ड बिपरित बनेको भवनमा सञ्चालित होटलको उद्घाटन समारोहमा पोखरा महानगरपालिकाका प्रतिनिधि कोही पनि उपस्थित भएनन् । होटल सञ्चालक मिनराज गुरुङले महानगरपालिकाले दिन मिल्नेसम्मको स्वीकृति लिएर काम सम्पन्नको कागज लिएको र चाँडै नै महानगरले ८ तलासम्मको मापदण्ड बनाएर काम सम्पन्नको कागज दिने आश्वासन दिएको बताए ।

jutta mela

विकास र समृद्धिका लागि औद्योगीकरण र मेसिनीकरण गरौंः उपराष्ट्रपति पुन

मिन गुरुङले खोले १८ करोडमा होटल टास्क इन्टरनेसनल

You might also like

Comments are closed.