काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ । विभिन्न किसिमका अपाङ्गता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपाल संगको सहकार्यमा बैंकले दृष्टिविहीन बालबालिकालाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको हो ।
दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका बालबालिकासँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्रीले उनीहरुको अध्ययनमा सहजता प्राप्ति होस् भन्ने अभिप्रायका साथ सामग्रीहरु प्रदान गरेको बैंकले जनाएको छ । सिटिजन्स बैंकले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सञ्चालनमा ल्याएको छ ।
भौतिक कार्ड विना नै मोवाइलको माध्यमबाट स्क्यान गरी क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता यस भच्र्युअल क्रेडिट कार्डमा रहेको छ । देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट १८ लाख भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको यस बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
Comments are closed.