सिटिजन्स बैंकको काठमाडौंको पानीपोखरीमा नयाँ शाखा विस्तार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा विस्तार गर्ने क्रममा बैंकले पानीपोखरीमा सञ्चालनमा ल्याएको १९८ औं शाखा हो । यससंगै काठमाडांै उपत्यकाभित्र यस बैंकको ३९ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५५ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गर्दै प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झैता नगरी ग्राहक सेवामा विशेष ध्यान पु¥याउने दृढता व्यक्त गरेका छन् । नयाँ शाखाका कर्मचारीलाई शुभकामना व्यक्त गर्दै अनुशासित र मर्यादित ढंगबाट काम गर्दै संस्थालाई अझ नयाँ उचाईमा लैजानका लागि उनले प्रेरित गरे ।

सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवा सहभागीता थिए । सुविधा सम्पन्न यो शाखा मार्पmत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।

नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निशुुल्क प्राप्त गर्न सकिनेछ । डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५५ र पहिलो बर्ष लकर शुुल्कमा ५०५ छुट उपलब्ध रहेको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९८ वटा शाखा, १६३ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । विगत १८ बर्ष देखि अनवरत रूपले ग्राहकमाझ सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पु¥याउँदैै आएको छ ।

 

You might also like

Comments are closed.