एभरेष्ट बैंकको पाँचथर र ताप्लेजुङमा शाखा विस्तार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पाँचथर र ताप्लेजुङमा शाखा विस्तार गरेको छ । पाँथभरको फिदिम नगरपालिका १ मा १३०औँ र ताप्लेजुङको फुङ्लिङ नगरपालिका ४ मा १३१औँ शाखा सञ्चालनमा आएको छ ।

नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवा दिने बैंकले प्रतिबद्धता जनाएको छ । यस क्षेत्रका स्थानीयले राष्ट्रिय स्तरको अत्याधुनिक बैंकिङ सेवाहरू प्राप्त गर्नेछन् । उद्घाटन समारोहमा बैंकका तर्फबाट सञ्चालक किरणकृष्ण श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र कोशी प्रदेशका प्रमुख सुधिर गौतम, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन लगायत सहभागी थिए ।

यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुग्न गइ समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै आगामी दिनमा बैंक पुग्न नसकेको तथा वित्तीय पहँुचबाट बाहिर रहेका अन्य स्थनमा समेत शाखा विस्तार गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेको छ । देशैभरी १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६६ एटिएम छन् ।

यस बैंकले विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमस बंैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ । नेपाल सरकारको राजश्व सङ्कलनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट सेवा दिइरहेको छ । भारतको नयाँ दिल्ली लगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै बैंकले जनाएको छ ।

 

You might also like

Comments are closed.