काठमाडौं । पल्लभी लुब्रिकेन्टस् लिमिटेडको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त गरिएको छ ।
पल्लभी लुब्रिकेन्टस्ले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकामा भएको व्यवस्था बमोजिम भविष्यमा नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ ।
कम्पनीले सो शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । यस कम्पनी विगत ४ बर्ष देखि मोरङको कटहरी गाउँपालिका–४ मा केन्द्रीय कार्यालय रही सोही ठाउँमा आफ्नो उत्पादन प्लान्ट (उद्योग) स्थापना गरेको छ ।
करिब ४० जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिई करिब ३० वटा गुणस्तरीय वस्तु उत्पादन गरीरहेको कम्पनीले जनाएको छ । यस कम्पनीबाट उत्पादित वस्तुहरु GOODRIDE SUPER SJ SAE 20W-40 API SJ, GOODRIDE 4T SAE 20W-40 API SL, GOODRIDE SCOOTY QUEEN SAE 10W-30 API SL, GOODRIDE 2Tरहेका छन् ।
सो सम्झौता पत्रमा पल्लभी लुब्रिकेन्टसको तर्फबाट कम्पनीका अध्यक्ष श्याम राठी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् । कार्यक्रममा निष्काशन कम्पनीका प्रबन्ध निर्देशक अरुण वियानी लगायत सहभागी थिए ।
Comments are closed.