काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ब्याडमिन्टन डबल्स तथा चेस प्रतियोगिता सम्पन्न गरेको छ । कर्मचारीको खेलकुदमा भएको क्षमता प्रदर्शन, आपसी सद्भाव र सहकार्यको विकास, बौद्धिक क्षमताको प्रदर्शन गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रम शनिवार सम्पन्न भएको हो ।
शनिवार ब्याडमिन्टन डबल्स तथा चेस प्रतियोगिताहरु सम्पन्न भएका छन् । सात प्रदेश र केन्द्रीय कार्यालय गरी कुल ८ समूहबाट खेलहरु आयोजना गरिएको थियो । पुरुषतर्फको ब्याडमिन्टन डबल्सको फाइनल खेलमा नारायणगढ क्षेत्रका सुरेन्द्र भण्डारी र आशिष अधिकारीको जोडीले कोशी प्रदेशका उमेश घिमिरे र सुजन थपलियाको जोडीलाई हराउँदै उपाधी जितेको छ भने महिलातर्फको ब्याडमिन्टन डबल्सको फाइनल खेलमा नारायणगढ क्षेत्रका मनिषाकुमारी श्रेष्ठ र अनिषा तिवारीको जोडीले केन्द्रीय कार्यालयका अन्सु कर्माचार्य र दीपा चौहानको जोडीलाई हराउँदै उपाधी जितेको छ ।
त्यसैगरी पुरुषतर्फको चेस प्रतियोगितामा बुटवल क्षेत्रका प्रभाकर पाण्डेले काठमाडौं क्षेत्रका सन्जीव लामालाई हराउदैं उपाधी जित्दा महिलातर्फको चेस प्रतियोगितामा केन्द्रीय कार्यालयका निशा प्रसाईले कोशी क्षेत्रका मञ्जु खत्रीलाई हराउँदै उपाधी जितेकी छन् । विजेता तथा उपविजेता टिमलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र प्रमुख सञ्चालन अधिकृत विकास ढुङ्गानाले बंैकको तर्फबाट ट्रफि, मेडल तथा प्रमाण पत्र हस्तान्तरण गरेका छन् । प्रतियोगितामा लगायत विभिन्न विभागिय प्रमुख तथा कर्मचारी लगायत सहभागीता थियो ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले यस्ता कार्यक्रमले कर्मचारीको शारीरिक तथा बौद्धिक क्षमता अभिवृद्धी हुनुका साथै कर्मचारी बीचको आपसी सम्बन्ध समेत सुमधुर हुदै जाने विश्वास व्यक्त गरेका छन् । बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटसल कप समेत आयोजना गर्दै आएको छ ।
Comments are closed.