सिटिजन लाइफ इन्स्योरेन्सको मिलियन डलर राउन्ड टेबल सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मिलियन डलर राउन्ड टेबल कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरको चितवनस्थित सिराइचुली होटेलमा दुई दिनसम्म भएको कार्यक्रममा आगामी दिनमा आवश्यक व्यापार रणनीतिबारे छलफल तथा प्रशिक्षण प्रदान गरिएको छ ।

कम्पनीले हरेक वर्ष अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेकोे आधारमा कम्पनीमा कार्यरत सिनियर एजेन्सी मेनेजरलाई कार्यक्रममा सहभागी गराउँदै आएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत दिबहादुर बि.सी., प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, प्रमुख वित्तीय अधिकृत गोपाल पंगेनी, शाखा प्रमुख र केही विभागिय प्रमुख गरी ७० जना सहभागी थिए ।

कार्यक्रममा ४२ जना एमडी.आर.टी. क्वालिफायर र ३ जना सि.ओ.टि. क्वालिफायरलाई प्रमाणपत्र र पुरस्कारसहित सम्मान गरिएको छ भने कम्पनीमा आबद्ध रही एमडीआरटी २०२५ का लागि छनोट भएका साथै कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न सफल, उत्कृष्ट लिडरलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रमको सहजिकरण अन्तर्राष्ट्रिय प्रशिक्षक तथा बीमा विशेषज्ञ हिमांशु जोशीले गरेका हुन् । यस्ता कार्यक्रमले लिडर्सलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोँच्ने र नयाँ तरिका अपनाएर आफ्नो टिमलाई अझै सबल र प्रतिष्पर्धी बनाउन मद्धत मिल्ने विश्वास लिइएको छ ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले नवीनताको अधारमा सिटिजन लाइफ अघि रहेको र कम्पनीले सफलता हासिल गर्नमा यस कम्पनीका सिटिजन लिडरको मुख्य भूमिका रहेको बताएका छन् ।

 

 

You might also like

Comments are closed.