चितवन । नारायणी डेभलपन्ट बैंकले मोबाइल बैंकिङ सेवा ‘नारायणी स्मार्ट’ सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले सो सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकले मोबाइल बैंकिङ सेवा सम्पूर्ण सुरक्षा जोखिम परीक्षण गरेर सञ्चालनमा ल्याएको जनाएको छ । नारायणी स्मार्ट एपको प्रयोग सुरक्षित, सहज र भरपर्दाे रहेको छ । मोबाइल बैंकिङ सेवाको सुरुवातसँगै बैंकका ग्राहकहरू डिजिटल बैंकिङ सेवाबाट लाभान्वित हुने बैंकले अपेक्षा गरेको छ ।
नारायणी डेभलपमेन्ट बैंकले चितवनको भरतपुर महानगरपालिका बाइपास रोडमा केन्द्रीय कार्यालय रहेको छ । टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सा शाखा कार्यालयमार्फत बैंकले बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
Comments are closed.