एनएमबि बैंकको सीईओमा घिमिरे र डीसीईओमा उपाध्याय

काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त गरिएको छ । सञ्चालक समितिको बैठकको निर्णय अनुसार २०८२ साल बैशाख १० गते देखि लागु हुने गरी घिमिरेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

बैंकमा हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत पदमा ४ बर्ष अवधिका लागि नियुक्त गरेको सञ्चालक समितिले जनाएको छ । साथै बैंकले बरिष्ठ नायव प्रमुख (डीसीईओ) मा सुदेश उपाध्यायलाई पदोन्नती गरेको छ । हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका उपाध्यायलाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय भएपछि समितिले पदोन्नती गरेको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंक “बैंक अफदिइयर एसिया २०२१” को उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र १० एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

You might also like

Comments are closed.

Skip1