काठमाडौं । मुक्तिनाथ विकास बैंकले फागुण महिनामा सातै प्रदेशको विभिन्न स्थानका जनसमुदायमाझ वृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विशेषगरी कृषक, उद्यमी, महिला तथा युवालाई लक्षित गरी आयोजना भएको छ ।
यस कार्यक्रम अन्तर्गत व्यवसायिक योजनाको तयारी, बजारिकरणको सम्भवना, बजार व्यवस्थापनका रणनीति, व्यक्तिगत बजेट, पारिवारिक बजेट, आम्दानी खर्चको सन्तुलन, नगद प्रवाह, बचत परिचालन, कर्जा परिचालन, विमा, विप्रेषण, डिजिटल बैंकिङ सेवाहरु, डिजिटल माध्यमबाट हुनसक्ने रकम अपचलन, ग्राहकको अधिकार लगायतका विषय समेटिएका छन् ।
वृहत वित्तीय साक्षरता कार्यक्रममा उपस्थित व्यक्तिले यस्ता किसिमका कार्यक्रमले आफुमा भएका दुबिधाहरु हट्ने र भविष्यमा आईपर्ने जोखिमलाई समयमा नै व्यवस्थापन गर्न सहजिकरण हुनेछ । बैंकले आर्थिक सामाजिक उत्तरदायित्वलाई आत्मसात् गदैं यस किसिमका कार्यक्रमहरु विगतमा पनि सञ्चालन गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने बैंकले जनाएको छ ।
यस किसिमको कार्यक्रमले जनमानसको बैंक वित्तीय संस्था प्रतिको नकारात्मक धारण हट्ने र वास्तविक सुचना जनसमुदाय माझ पुग्ने भएकोले यसको सकारात्मक प्रभावकारिता रहेको छ । बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ ।
मोबाईल बैंकिङ, क्युआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
Comments are closed.