सिटिजन्स बैंकका ७९ कर्मचारीलाई दीर्घ सेवा सम्मान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्मचारीलाई दीर्घ सेवा सम्मान गरेको छ । बैंकमा १० वर्ष र १५ वर्षसम्म निरन्तर सेवा प्रवाह गरेका कर्मचारी दीर्घ सेवा सम्मानबाट सम्मानित भएका छन् । चैत १ गतेका दिन बैंकले कर्मचारीको दिनको रुपमा मनाउँदै आएको छ ।
केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा निरन्तर १० वर्ष सेवा प्रवाह गरेका ६१ जना र १५ वर्ष सेवा गरेका १८ जना गरी ७९ जना कर्मचारीलाई प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेका छन् । बैंकमा हाल १८ सय कर्मचारी कार्यरत रहेका छन् ।
बैंकले १८ औँ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गर्न लागेको सुखद क्षणमा एक महिने बार्षिक उत्सव सम्बन्धी कार्यक्रमहरु आयोजना गरिरहेको छ । वि.सं २०६४ वैशाख ७ गते ४३ जना कर्मचारीबाट बैंकिङ सेवा सुरु गरेको हो । बैकिङ सेवा सुरु भएको दिन वैशाख ७ गते वार्षिकोत्सव मनाइदै आइएको छ ।

 

प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्नको लागि कर्मचारीको मेहनत, लगनशिलता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । सोही समारोहमा बैंकले २०८२ सालको क्यालेण्डर पनि सार्वजनिक गरेको छ ।

 

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघिमात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।

 

यस बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६६ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
You might also like

Comments are closed.