सिटिजन्स बैंकले ल्यायो ‘टपअप र फोन पे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ अभियान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोन पे र एफ वन सफ्टसंगको सहकार्यमा ‘टपअप र फोन पे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ । अभियान अन्तर्गत ग्राहकले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आईफोन १६ प्राप्त गर्न सक्नेछन् ।
डिजिटल कारोबारलाई प्रवद्र्धन गर्दै बैंकको मोबाइल बैंकिङ सेवाको प्रयोग बढाउने यसको उद्धेश्य रहेको छ । बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै ग्राहकलाई सजिलो, सुरक्षित र आधुनिक बैंकिङ सेवाको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । यस अभियानमा सहभागी हुन ग्राहकले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमार्फत कम्तीमा रु १०० को मोबाइल टपअप र कम्तीमा रु ५०० को फोन पे डाइरेक्ट कारोबार गर्नुपर्नेछ ।
यी कारोबार पूरा गर्ने ग्राहक साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्नेछन् । अभियान अन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले रु १०० को मोबाइल टपअप प्राप्त गर्नेछन् । अभियानको अन्त्यमा एक भाग्यशाली ग्राहकलाई नयाँ आईफोन १६ प्रदान गरिनेछ । यो अभियान चैत १ गते देखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।

 

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६६ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
You might also like

Comments are closed.