काठमाडौं । सिटिजन्स इन्टनेशनल बैंकले मोबाइल बैंकिङ एपमा प्यान अपडेट गर्न सकिने व्यवस्था मिलाएको छ । ग्राहकको लागी अब घरमै बसी बसी बैंकको मोबाइल बैंकिङ एप मार्फत आफ्नो खातामा प्यान अपडेट तथा व्यालेन्स सर्टिफिकेट आवश्यक परेमा एप मार्फत अनुरोध गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
यस सुविधा पश्चात ग्राहकले बैंकको शाखा कार्यालय नगइकन सहज र झण्झटमुक्त सुविधा प्राप्त गर्न सक्नेछन् । विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।
सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६६ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
Comments are closed.