ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । महालक्ष्मी विकास बैंकले साताव्यापी रुपमा देशैभर वित्तीय साक्षरता कार्यक्रम गरेको छ । ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका विभिन्न शाखा तथा प्रादेशिक कार्यालयबाट वित्तीय साक्षरता, ¥याली तथा सचेतनाका कार्यक्रम भएका छन् ।

यस साताव्यापी अभियान अन्तर्गत यस बैंकका गंगबु, धनगढी, चन्द«निगापुर, दमौली, इटहरी, जनकपुर ,विरगंज, दमक, टिकापुर, महेन्द«नगर, बुटवल, लेकसाइड पोखरा, केन्द्रीय कार्यालय लगायतका विभिन्न प्रादेशिक कार्यालयले विद्यार्थी तथा युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकासका लगि वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ ।

देशभरी गरिएको कार्यक्रममा १२ सय बढीको सहभागिता रहेको थियो । कार्यक्रममा बचत, कर्जा, लगानी, सफा नोट, विद्युतिय वित्तीय सेवाहरु, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

साथै यस बैंकको आधिकारिक सामाजिक सञ्जालका माध्यबाट समेत विभिन्न सचेतनामूलका जानकारी पोष्ट गर्नुका साथै भिडियो सामाग्रीहरु समेत प्रसारण गरिएको छ । यस कार्यबाट किशोरकिशोरी तथा युवायुवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

 

You might also like

Comments are closed.