लुम्बिनी विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले विश्व वित्तीय सप्ताहको अवसरमा आफ्ना विभिन्न शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । सन् २०१२ देखि आर्थिक सहयोग र विकासको संगठनको संयोजनमा मनाउन शुरु गरिएको विश्व वित्तीय सप्ताहको १३ औँ संस्करण गत चैत ४ देखि १० गतेसम्म आयोजना गरिएको हो ।

साताव्यापी कार्यक्रममार्फत बैंकले करिब एक हजार युवा तथा विद्यार्थीलाई बैंकिङका विभिन्न पक्षका बारेमा जानकारी दिएको छ । बैंकका कर्मचारीको सहभागितामा नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय तथा स्थानीयस्तरमा बैंक तथा वित्तीय संस्थाको संयुक्त रुपमा आयोजना गरेका वित्तीय सचेतनामुलक प्रभातफेरी निकालिएको छ ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको विभिन्न स्थानमा गरी ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ ।

You might also like

Comments are closed.