नयाँ वर्ष २०८२ को वार्षिक भित्तेपात्रो सार्वजनिक

काठमाडौं । एभरेष्ट बैंकले एक विशेष समारोहका बीच नयाँ वर्ष २०८२ को वार्षिक भित्तेपात्रो अनावरण गरेको छ ।

नेपालमा मनोरञ्जन र प्रतिष्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने परम्परागत खेलकुद विषयवस्तु राखेर कर्पोरेट भित्तेपात्रो तयार पारिएको छ ।बैंकका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्यले २०८२ सालकोे भित्तेपात्रो अनावरण गरेका हुन् ।

सो कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीको लगायत सहभागी थिए । बैंकले लामो समय देखि नै नेपालको धर्म, संस्कृति, पर्यटन लगायत अन्य पुरातात्विक महत्वको विषयवस्तुलाई समेट्दै आफ्नो कर्पोरेट भित्तेपात्रो बनाउँदै आएको छ ।

You might also like

Comments are closed.