सिटिजन्स बैंकको सहयोगमा लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोरङको बुढीगंगा गाउँपालिका २ मा अवस्थित लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेकोे छ ।

दलित, जनजाती, अनाथ तथा विपन्न वर्गका करिब १५० बालबालिकालाई निःशुल्क रुपमा अंग्रेजी माध्यममा अध्यापन गराउँदै आएको सो विद्यालयलाई विद्यार्थीको पठनपाठनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सो सहयोग गरेको हो ।

विद्यालयमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलज्यूले सहयोग स्वरुप कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरे । प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको सानो सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थी लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् ।

आगामी दिनमा पनि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने बैंकले जनाएको छ ।

 

 

You might also like

Comments are closed.