सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा नबिल बैंक सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंकलाई ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस, २०८१ को अवसरमा सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मान गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलाई सम्मानपत्र प्रदान गरेका हुन् । आर्थिक वर्ष २०७९/८० मा बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फबाट सबैभन्दा बढी कर दाखिला गरी मुलुकको अर्थतन्त्रमा नबिल बैंकले पु¥याएको योगदानको कदर गर्दै प्रमाणपत्रसहित बैंकलाई सम्मान गरिएकोे हो ।

नेपाल सरकारले पनि यस वर्षको राष्ट्रिय कर दिवसको उपलक्ष्यमा बैंक, वित्तीय संस्था र बिमा क्षेत्रका तर्फबाट आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरेको थियो ।

नबिल बैंक यसअघि आ.व.०७९/८०, आव ०६७/६८, आ.व. ०७०/७१, आ.व. ०७१/७२, आ.व. ०७३/७४, आ.व. ०७५/७६, आ.व. ०७६/७७ र आ.व. ०७७/७८ मा पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित भइसकेको छ । यस बैंकले २४ लाख बढी सेवाग्राहीलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.