आरोही कामी रिता शेर्पालाई लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि जान लागेका कामी रिता शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण गरेको छ । बैंकसँग स्थापनाकाल देखि नै “निरन्तर सहयात्रा” गर्दै आएका पर्वतारोही शेर्पा ३१औं पटक सगरमाथाको सफल आरोहणको लागि जान लागेका हुन् ।

लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर २ पटक सम्म सर्वोच्च शिखर सगरमाथामा किर्तिमानी पर्वतारोही शेर्पाले पुर्याइसकेका छन् । पुनः तेश्रो पटक यस बैंकको लोगो अंकित ब्यानर सगरमाथामा पुर्याउनको लागी बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले पर्वतारोही शेपालाई हस्तान्तरण गरेका छन् ।

पर्वतारोही शेर्पा बिगत दुई दशक देखि यस लुम्बिनी विकास बैंकमा निरन्तर सहयात्री बनी आबद्घ छन् । यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आपूmले ३१औं आरोहण गर्न लागेको उनले जानकारी दिए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको विभिन्न स्थानमा गरी ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस बैंकले निरन्तर सहयात्रा भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधि सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 

You might also like

Comments are closed.