बादी समुदायका बालबालिकालाई सिटिजन्स लाइफ इन्स्योरेन्सको खाद्यान्न सामग्री सहयोग

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्णाली प्रदेशका बादी समुदायका अनाथ, असहाय बालबालिकालाई खाद्यान्न सामग्री सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत १३० बालबालिकालाई करिव एक महिनासम्म उपभोग गर्न पुग्ने खाद्यान्न सामग्री बादी सरोकार मञ्च नेपालमार्फत वितरण गर्ने गरी उपलब्ध गराएको हो ।

चामल, दाल, तेल लगायत अत्यावश्यक उपभोग्य वस्तुहरू उपलब्ध गराइएको छ । बादी समुदाय नेपालको सबैभन्दा सीमान्तकृत र ऐतिहासिक रूपमा उत्पीडित तथा अहिले पनि सामाजिक–आर्थिक रूपले कमजोर समुदाय मध्ये एक हो । हिक्मत बादीद्वारा सञ्चालनमा ल्याइएको बादी सरोकार मञ्च नेपालले समुदायका महिला, बालबालिका तथा परिवारलाई शिक्षा, आश्रय, स्वास्थ्य र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यले गैर–नाफामूलक सामाजिक संस्थाको रूपमा कार्य गर्दै आएको छ ।

हाल संस्था मार्फत १३० भन्दा बढी बालबालिकालाई सुरक्षित आवास, पोषण तथा शिक्षाको सुविधा प्रदान गरिँदै आएको छ । कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, प्रमुख व्यवसाय अधिकृत धोजबहादुर खड्का, कर्मचारी लगायत सहभागी थिए ।

You might also like

Comments are closed.