काठमाडौं ।माछापुच्छ्रे बैंक लिमिटेडले मलेसियास्थित सि.बि.एल. मनी ट्रान्सफरसंग सम्झौता गरेको छ । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई सहज र विश्वासिलो बनाउन सि.बि.एल. मनी ट्रान्सफरसंग सहकार्य गरी रेमिट्यान्स सेवा सुरुवात गरेको हो ।
रेमिट्यान्स सम्बन्धि सम्झौतापत्रमा सि.बि.एल. मनी ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका छन् ।
सम्झौता पछि अब मलेसियामा रहेका नेपालीले मलेसियास्थित सि.बि.एल. मनी ट्रान्सफरका १५ वटा शाखा र सि.बि.एल. मनी ट्रान्सफरको सिटी रेमिट एप बाट MBL REMIT गरी नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरु, ९९ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत नेपालभरी सजिलै भुक्तानी लिन सकिनेछ ।
साथै सि.बि.एल. मनी ट्रान्सफर र सिटी रेमिट एपबाट MBL REMIT गरी पठाइएको रेमिट्यान्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था बैंकले मिलाएको छ । मलेसियामा रहेका नेपाली कामदारको सुबिधाको लागि माछापुच्छ्रे बैंकले मलेसियाकै मोबाइल नम्बरमा माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एपको सेवा पनि उपलब्ध गराएको छ ।
बैंकले १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएममार्फत १७ लाख भन्दा बढि ग्राहकलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बंैकिङ सुबिधा प्रदान गरिरहेको छ ।
Comments are closed.