काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन’ कार्यक्रम सम्पन्न भएको छ । बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि यो प्रतियोगिता सञ्चालन गरेको हो ।
सहभागी टोलीमध्ये टिम क्याल्कुलुसले प्रतियोगिताको प्रथम पुरस्कार रु १ लाख जित्न सफल भएको छ । डब्लुडिके, लार्के पास, टिम जनकपुर, फ्रडेक्स टोलीहरुले क्रमश दोश्रो, तेस्रो, चौथो र पाँचौ पुरस्कारबाट पुरस्कृत भएका छन् । दोश्रो हुने टोली डब्लुडिकेले ७५ हजार, तेस्रो हुने लार्के पासले ५० हजार, चौथो र पाँचौ हुने क्रमशः टिम जनकपुर र टिम फ्रडेक्सले १५–१५ हजारको पुरस्कार प्राप्त गरेका छन् । वेष्ट प्रिजेन्टेसन बिधाअन्तर्गत बैंकले डिजीविट्सलाई १५ हजार पुरस्कार प्रदान गरेको छ ।
प्रतियोगिताका विजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पुरस्कार रकम हस्तान्तरण गरे । नेपालमा पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ह्याकाथन सञ्चालन गरेकोमा डेपुटी गभर्नर मिश्रले ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिए । यस्ता प्रतियोगिताले युवा तथा विद्यार्थीलाई अवसर प्रदान गनुडेपुटी गभर्नर मिश्रले जानकारी दिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरु र यसको चुनौतिको समाधानको लागि सहयोग पुग्नुका साथै नविनतम् सेवाको विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको बताए । प्रतियोगिताको उत्कृष्ट टोलीलाई बैंकले सहकार्य गर्ने अवसर प्रदान गर्ने समेत उनले जनाए ।
बैंक प्रविधि अनुकूल वित्तीय सेवाहरु प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको र डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउन नविनतम् धारणालाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ । प्रतियोगितामा सहभागि प्रतिष्पर्धीले बैंकले तोकेका विभिन्न विषयमा केन्द्रीत रही आफ्ना धारणा राखेका छन् ।
प्रतियोगितामा सहभागिता हुन विभिन्न टोलीले बैंकको वेवसाइट मार्फत आवेदन दरखास्त गरेका छन् । दुई चरणमा सञ्चालन भएको प्रतियोगिताको पहिलो चरणमा कोडिङ्ग र दोस्रो चरणमा अनसाइट ह्याकाथन भएको हो । यस प्रतियोगितामा २१ टोलीलाई अनलाइन पेपर प्रिजेन्टेशनका लागि छनौट गरिएको थियो । काठमाडौं, महेन्द्रनगर, पोखरा, विरगञ्ज, काभ्रे, धरान लगायतका स्थानबाट प्रतियोगी सहभागी भएको बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट फरक–फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २२१ शाखा रहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सय भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
Comments are closed.