काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकलाई र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट दिइने भएको छ ।
स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुलाई लक्षित गर्दै र्याडिसन होटल लाजिम्पाट, काठमाडौंसँगको सहकार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरिएको छ ।
सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले र्याडिसन होटलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा प्रदान गर्ने सेवा सहित विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्ज सेवा, पेस्ट्री खरिद र ट्यानक्वीलीटी स्पा सेवामा १५/१५ प्रतिशत, खाद्य तथा पेय पदार्थमा (इजाकाया होकाइडो होटल समेत) र र्याडिसन फिटनेस सेन्टर (जिम)मा २०/२० प्रतिशत छुट दिइने गरी समझदारी भएको छ ।
यस सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालैमात्र बैंकले आफ्ना क्रेडिट कार्डवाहकले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ ।
यसअन्तर्गत आफुले खरिद गरेको टुर प्याकेजको मुल्य बराबरको रकमको भुक्तानी ६ महिना देखि १२ महिनासम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् ।
Comments are closed.