कामना सेवा विकास बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा सकिएको छ । लिसारा रिसेप्सन, नक्सालमा सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा साधारण सभा भएको हो ।

साधारण सभाबाट १० प्रतिशत वोनस शेयर तथा ५.७८९५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५.७८९५ प्रतिशत लाभाशं पारित गरेको छ । लेखा परीक्षकको प्रतिवेदनसहित आ.व.२०८१/०८२ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्वन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।

त्यसैगरी सभाबाट आगामी चार वर्षको लागि संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भिमप्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

साधारणसभाले आ.व. २०८२/०८३ को लेखापरीक्षण नियुक्तिका लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखापरीक्षक एन.बि.एस.एम एण्ड एसोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा सेयरधनीले राखेको जिज्ञासालाई बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले सहजिकरण गरेका हुन् ।

You might also like

Comments are closed.