काठमाडौं । एन आई सी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ ।
बैंकका ग्राहकको आफ्नो खातामा बैंकको भिडियो केवाईसी https://www.nicasiabank.com/video-kyc/ वा मोबाइल बैंकिङ एपमा रहेको माई प्रोफाइलमा ट्याप गरी चेन्ज ईमेल विकल्प छनौट गरी आफ्नो ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न सकिनेछ ।
साथै ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।
ईमेल ठेगाना अद्यावधिक नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी जानकारी लिन हुन अनुरोध छ ।
Comments are closed.