राष्ट्रिय वाणिज्य बैंकको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ को बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९ को निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बैंकले रु १,००० अंकित दरको ३० लाख कित्ताले हुन आउने रकम रु.३ अर्ब बराबरको ऋणपत्र ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ को धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लाई नियुक्त गरेको हो ।

बिहीबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमकाबीच सो सम्बन्धमा सम्झौता भएको हो । सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा उल्लेख भएअनुसार राष्ट्रिय वाणिज्य बैंकले रु.३ अर्ब बराबरको ऋणपत्र जारी गर्नेछ । जसमध्येको ६० प्रतिशत अर्थात १८ लाख कित्ताले हुन आउने रु.१ अर्ब ८० करोड बराबरको रकम संस्थागत तथा व्यक्तिगत तवर र ४० प्रतिशत अर्थात् १२ लाख कित्ताले हुन आउने रु. १ अर्ब २० करोड बराबरको रकम सर्वसाधारणका लागि निष्काशन गरिनेछ । सो ऋणपत्रको वार्षिक ब्याजदर ६ प्रतिशत र अवधी ७ वर्षको रहनेछ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड नेपालको एक अग्रणी सरकारी वाणिज्य बैंक हो । देशभरका ३१० शाखा मार्फत आधुनिक बैंकिङ र वित्तीय सेवाहरु प्रदान गर्दै आइहेको छ । बैंकले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउंदै छिटोछरितो रुपमा सेवा प्रदान गर्दै आइरहेको छ । ‘तपाईको आफ्नै बैंक’ भन्ने नारालाई सार्थक बनाउन बैंक लागिपरेको छ ।

You might also like

Comments are closed.