महालक्ष्मी विकास बैंक र दराज नेपालबीच सहकार्य

काठमाडौं । महालक्ष्मी विकास बैंक र दराज नेपालबीच सहकार्य हुने भएको छ । ११.११ अभियानको लागि ग्राहकलाई विशेष अफर र लाभ दिने सम्बन्धमा बैंक र दराजबीच सहकार्य गरिएको छ ।

११.११ को रुपमा विश्वव्यापी नै मनाइने यस अभियानमार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ सुविधालाई अझ विस्तार गर्दै जाने नीति अनुरुप दराज नेपालसँग सहकार्य भएको हो । कात्तिक २५ देखि आउँदो मंसिर ५ गते सम्मको लागि लागु हुने गरी महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड लिएका ग्राहकले दराज नेपाल मार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु. १५ सयसम्म छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु. २ हजारसम्म छुट प्राप्त गर्न सक्नेछ्न । छुटको लागि ग्राहकले दराजबाट भौचर संकलन गर्नुपर्नेछ ।

योजना अवधीभर सहभागी हुने ग्राहकलाई पहिलो प्राथमिकतामा राखेर छुट प्रदान गरिनेछ । यस प्रकारका समझदारीबाट ग्राहकसँग डिजिटल रुपमा जोडिन, ग्राहकको भुक्तानी प्रक्रियालाई सुनिश्चित गर्न तथा डिजिटल नवप्रवर्तनको माध्यमबाट ग्राहक सन्तुष्टिलाई बढवा दिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्डवाहकले विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ । यस अन्तर्गत आफुले खरिद गरेको टुर प्याकेजको मूल्य बराबरको रकमको भुक्तानी ६ महिना देखि १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् ।

You might also like

Comments are closed.