एम्पियर ब्राण्डको भारतीय इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, मूल्य र विशेषतासहित

काठमाडौं । एम्पियर ब्राण्डको भारतीय इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्रिएको छ । भारतमा उत्पादन भएको पहिलो इलेक्ट्रिक स्कुटर एम्पियरलाई नेपाली बजारमा डिएसएम ग्लोबल कम्पनी प्रा.लि.ले भित्र्याएको हो ।

कम्पनीले आफ्नै शोरुम काठमाडौंको बालाजूमा स्थापना गर्दैछ । अहिले बालाजूस्थित भ्याली कोल्ड स्टोर्स र ललितपुरको डिलरमा स्कुटर डिस्प्लेमा राखेर कम्पनीले बिक्री, बुकिङ तथा टेष्ट ड्राइभ गरिरहेको छ ।

एम्पियरको जिल र रियो लि गरी दुई मोडलको स्कुटर नेपालमा भित्रिएको हो । अर्को मोडल म्याग्नस प्रो अर्को महिनासम्म नेपालमा भित्रिने डिएसएम ग्लोबल कम्पनी प्रा.लि.का मार्केटिङ असिस्टेन्स म्यानेजर सलिल श्रेष्ठले जानकारी दिए ।

jutta mela

एम्पियर जिल

एम्पियर जिलको मूल्य २ लाख ३७ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ । स्कुटर बिक्री सुरुवातको अवसरमा कम्पनीले यो मूल्यमा विशेष अफर सार्वजनिक गरेको छ । इन्ट्रोडक्टरी अफर अन्तर्गत ग्राहकको परिवारकै बिमा कम्पनीले निःशुल्क गरिदिनेछ । ग्राहकले १२ हजार रुपैयाँसम्म नगद छुट प्राप्त गर्ने श्रेष्ठले जानकारी दिए । ग्राहकले हेलमेट निःशुल्क प्राप्त गर्नेछन् भने एक वर्षको वार्षिक सडक कर, दर्ता लगायतको खर्च पनि कम्पनीले गर्नेछ ।

 

३ वर्ष वा २० हजार किलोमिटरसम्मको वारेन्टी सुविधा यो स्कुटरमा ग्राहकले पाउनेछन् । ब्याट्री, मोटर, कन्ट्रोलर, चार्जर, डिसी टु डिसी कन्भर्टरको वारेन्टी हुनेछ । यो स्कुटर ५ देखि ६ घन्टामा फूल चार्ज गर्न सकिनेछ भने ५५ किमी प्रतिघन्टाको स्पिडमा कुदाउन सकिनेछ । ७० देखि ७५ किमी रेन्जमा उपलब्ध छ । यो हाइस्पिड स्कुटर हो ।

एम्पियर रियो लि

 

एम्पियर रियो लिको मूल्य १ लाख ६१ हजार ५ सय ८४ रुपैयाँ पर्नेछ । यो लो स्पिड स्कुटर हो । यो स्कुटरको खरिदमा पनि ग्राहकको परिवारकै बिमा कम्पनीले गर्नेछ । ग्राहकले हेलमेट निःशुल्क प्राप्त गर्नेछन् ।

यो स्कुटरको ब्याट्रीको वारेन्टी २ वर्ष हुनेछ । मोटर, कन्ट्रोलर, चार्जर, डिसी टु डिसी कन्भर्टरको वारेन्टी एक वर्षसम्म हुने श्रेष्ठले जानकारी दिए । यो स्कुटर ५ देखि ६ घन्टामा फुल चार्ज हुनेछ । २५ किमीको स्पिडमा कुद्ने यो स्कुटर ५० देखि ६० किमीको रेन्जमा उपलब्ध छ ।

सरल फाइनान्स सुविधा

स्कुटर खरिद गर्ने ग्राहकलाई फाइनान्सिङको सरल सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ । ‘२० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध हुन्छ,’ श्रेष्ठले भने । मासिक ८ हजार रुपैयाँ भन्दा थोरै किस्ता तिरेर नै ग्राहकले एम्पियरको स्कुटर खरिद चढ्न सक्नेछन् ।

किन चढ्ने इलेक्ट्रिक स्कुटर ?

ब्याट्रीबाट चल्ने इलेक्ट्रिक स्कूटरहरूको माग भारतमा बढ्दो छ । पछिल्लो समय नेपाली बजारमा पनि पेट्रोल स्कुटरको विकल्प इलेक्ट्रिक स्कुटर बनेको छ । पेट्रोलमा आधारित सवारी साधनहरूको तुलनामा इलेक्ट्रिक स्कुटरहरूकोे सञ्चालन खर्च पनि निकै थोरै हुन्छ । इलेक्ट्रिक स्कुटर वातावरणमैत्री समेत भएकाले आगामी दिनमा यसको महत्व अझै बढ्ने विश्वास गरिएको छ ।

You might also like

Comments are closed.