भोजपुर रंगशाला निर्माण अन्तिम चरणमा

युवराज विष्ट, भोजपुर । प्रदेश–१ सरकारको उच्च प्राथमिकतामा रहेको अन्तर्राष्ट्रियस्तरको ‘भोजपुर रङ्गशाला’ निर्माण अन्तिम चरणमा पुगेको छ । रु १४ करोड पाँच लाख लागतमा २०७६ मंसिरबाट निर्माण सुरु गरिएको सो रंगशाला पाँच हजार दर्शक अट्नसक्ने क्षमताको छ ।

विसं २०८० सम्म निर्माण अवधि रहेको छ । सरकारले समयमा बजेट दिएमा सम्झौता अघि नै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायमाझी मार्सेली जेभीले जिकिर गरेको छ । कम्पनीका प्रमुख श्याम श्रेष्ठले भने, “यो काम समयअघि नै सम्पन्न गर्ने लक्ष्यका साथ भइरहेको छ । नक्सालाई समयमा नै पुनःढाँचा गरेर दिएमा आगामी माघ महिनाभित्रमा सकेर जिम्मा लगाउने मेरो उद्देश्य छ ।”

हालसम्म कार्यालय भवन, फाउन्डेसन लगाउनेलगायत संरचनाको काम अन्तिम चरणमा पुगेको छ भने प्याराफिड, बनाउने, रिटेनिङवाल लगाउनेलगायतको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । त्यस्तै खेल मैदानमा दुबो लगाउने काम पनि भइरहेको छ । करिब २५ रोपनी क्षेत्रमा निर्माण भइरहेको सात हजार वर्गमिटरको रंगशालामा पाँच हजार मानिस अट्न सक्नेगरी छवटा प्याराफिड निर्माण हुने शहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ ।

jutta mela

खेलको क्षेत्रमा यति धेरै योगदान पु¥याउने भोजपुरमा खेलको विकासका लागि विगतका दिनमा दिर्घकालीन योजनाका साथ काम नहँुदा खेलाडीले भने समस्या झेल्दै आएका छन् । देश सङ्घीय प्रणालीमा गएपछि भने यहाँ खेल क्षेत्रको विकासका लागि कामको थालनी भएको देखिन्छ । जिल्लाका नौ नै स्थानीय तहले खेल क्षेत्रको विकासका लागि लगानी गरिरहेका छन् । जिल्लामा कुनै ठूलो खेलको आयोजना गर्दा विद्यमान अवस्थामा पनि खेल मैदानको अभाव नै छ ।

यहाँको समस्यालाई ध्यानमा राख्दै भोजपुर रंगशालाको निर्माण सुरु भएपछि खेलाडी तथा खेलप्रेमीमा उत्साह थपिएको छ । जिल्लामा ढिलै भए पनि अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण अन्तिम चरणमा पुगेसँगै खेल क्षेत्रको विकासमा टेवा पुग्ने देखिएको छ । यसले खेल क्षेत्रको विकाससँगै खेलाडीमा उत्साहको रंग भरेको छ । मापदण्डअनुसारका खेलमैदान नहुँदा सोचेजस्तोरुपमा खेलाडीको वृद्धि विकास हुन सकिरहेको छैन ।

जिल्लामा फुटबल क्षेत्रमा टेवा पु¥याउने लक्ष्यले विसं २०६४ मा तत्कालीन पहिलो जिल्ला विकास समिति बोर्डले रु ५५ लाख मूल्यमा जिल्ला खेलकूद परिषद्मार्फत रंगशालाको जग्गा खरिद गरिएको थियो । तत्कालीन जिविसबाट छुट्याइएको केही रकमबाट रंगशालाको स्तरोन्नति गर्ने काम थालिए पनि बजेट अभावमा अगाडि बढ्न सकेको थिएन । अन्योलमा रहेको काम रंगशाला निर्माणको कामलाई पूर्णता दिन तत्कालीन मुख्यमन्त्री शेरधन राईले यसको निर्माण चासाका साथ काम अगाडि बढाएका थिए ।

सात हजार वर्ग मिटरको रंगशालामा पाँच हजार मानिस अट्नसक्ने गरी सात वटा प्याराफिड निर्माण हुने सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाले जनाएको छ । कूल २५ रोपनी क्षेत्रफलमा फैलिएको रंगशालाको दक्षिणतर्फ ८० मिटरको चौडाइ, उत्तरतर्फ ५५ मिटरको चौडाइ, पूर्वतर्फ १०२ मिटरको लम्बाइ र पश्चिमतर्फ १०५ मिटरको लम्बाइमा मैदान सम्याइएको छ ।

हालसम्म कार्यालय भवन, फाउन्डेसन लगाउनेलगायत संरचनाको काम अन्तिम चरणमा पुगेको छ भने प्याराफिड, बनाउने, रिटेनिङवाल लगाउने लगायतको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । त्यस्तै खेल मैदानमा दुबो लगाउने काम पनि भइरहेको छ ।

वषैँदेखि बजेट अभाव झेल्दै आएको रंगशाला झण्डै १२ वर्षमा ४० लाख बराबर लागतमा रंगशालाको केही प्रतिशत स्तरोन्नति भएको थियो । स्थानीय सरकार आएपछि भोजपुर नगरपालिकाले वडाअन्तर्गत स्तरोन्नतिमा केही रकम छुट्याउँदै आएको छ । प्रदेश १ कै उत्कृष्ट रंगशालाका रुपमा भोजपुर रंगशाला बन्ने भएपछि सिङ्गो जिल्लाका लागि नै खेलाडी उत्पादनका लागि उर्वर भूमि बन्ने भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आले बताउँछन् । थोरै बजेटले पर्याप्त नभएपछि बेवारिसे जस्तै बन्दै आएको रंगशालाको स्वरुपले जिल्लाकै प्रतिष्ठा बोक्ने किसिमको रंगशाला हुनेमा भोजपुरवासी विश्वस्त रहेको उनले बताए ।

भोजपुर जिल्ला फुटबल सङ्घले आधिकारिकरुपमा सम्बन्धित निकायसामु पहल गरे पनि रंगशाला निर्माणका लागि आवश्यक बजेटको माहोल बन्न सकेको थिएन । जिल्ला फुटबल सङ्घले पटकपटक रंगशालाका लागि सरोकारवाला निकायदेखि मन्त्रालयसम्म बजेटका लागि ताकेता गर्दै आएको थियो । प्रदेश सरकार बनेपछि ठूला आयोजनाअन्तर्गत प्रदेश सरकारले नमूना रंगशाला बनाउने लक्ष्यले बजेट विनियोजन गरेपछि सहज बाटो खुलेको सङ्घका कोषाध्यक्ष विनम श्रेष्ठले बताए ।

उनले भने, “वर्षौंपछि रंगशालाको नयाँ रुप लिने सपना पूरा हुने भएको छ । स्तरोन्नतिका लागि पर्याप्त बजेट र उपकरण सामग्री पनि पर्याप्त हुने भएको छ । योभन्दा अगाडिका समयमा विविध प्राविधिक कारणबस बजेटको माहोल सिर्जना हुन सकेको थिएन ।”

कामलाई गुणस्तरीय बनाउनका लागि इञ्जिनीयरले नियमितरूपमा अनुगमन तथा जाँचसमेत गर्दै आएका छन् । निर्माणमा प्रयोग भएका सामग्री मापदण्डअनुसारको रहेको शहरी विकास तथा भवन निर्माण कार्यालयका इञ्जिनीयर रजनिस कुमार झाले बताए ।

विश्व अल्ट्रा धावक मिरा राईको सम्मानमा निर्माण भईरहेको अन्तराष्ट्रियस्तरको ‘मिरा राई रंगशाला’ निर्माणको काम पनि तीव्रगतिमा भइरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

भोजपुर रंगशालासँगै पूर्वी पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा निर्माणाधीन अन्तराष्ट्रियस्तरको ‘मिरा राई रंगशाला’ को काम पनि तीव्रगतिमा भइरहेको छ । गाउँपालिकाको क्रमागत बजेटअन्तर्गत रु ५५ लाख र प्रदेश १ सरकारको रु एक करोड ३५ लाख गरी झण्डै दुई करोडको लागतमा सो रंगशाला निर्माण भइरहेको छ ।

यस्तै प्रदेश सरकारकै क्रमागत योजनाअन्तर्गतकै रु छ करोड लागतमा षडानन्द नगरपालिकाको दिङ्ला रंगशाला पनि निर्माण काम भइरहेको छ । यस्तै प्रदेश १ सरकारकै रु ५० लाखको लागतमा टेम्केमैयुङ गाउँपालिकाको छिनामखु खेल मैदान र रु २५ लाख लागतमा हतुवागढी गाउँपालिका–१, रानीबासको सल्लेमा क्षेत्रीयस्तरको खेलकूद रंगशाला निर्माणको क्रम जारी छ । जिल्लामा अन्य दर्जनौँ खेलकूद विकासको आयोजना संचालित छन् । यसले खेलकूद मैदान अभावमा पलायन हुने युवा खेलाडीलाई उत्साह थपिदिएको छ ।

You might also like

Comments are closed.