काठमाडौंमा शुरु भयो बीएमडब्ल्युको आधिकारिक डिलरसिप

काठमाडौं । नेपालको लागि बीएमडब्ल्यु मोटर्सको आधिकारिक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा शोरुम संचानमा ल्याएको छ । १० हजार १६५ स्क्वायर फिटको भव्य शोरुम मार्फत बीएमडब्ल्यु ब्रान्डको आधिकारिक बिक्री सोमबारबाट सुरु गरेको छ ।

बीएमडब्ल्यु एशिया र बीएमडब्ल्यु बंगलादेशसँग सहकार्य गरि जर्मन ब्रान्ड बीएमडब्ल्युलाई नेपाली बजारमा स्थापित गर्न र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले शोरुम संचालनमा ल्याएको हो ।

बीएमडब्ल्यु ब्रान्डले अन्तर्राष्ट्रियस्तरको शोरुमले नेपाली प्रिमियम कारको अपेक्षा राख्ने ग्राहकहरुलाई उत्कृष्ट ‘ब्रान्ड’को अनुभूती प्रदान गर्ने र प्रिमियम ‘वनरसिप जर्नी’ प्रदान गर्ने लक्ष्य लिएको बताएको छ ।

jutta mela

नेपालमा बीएमडब्ल्यु ब्रान्ड र नयाँ शोरुमको सुरुवात गर्दै बीएमडब्ल्यु ग्रुप एसियाका प्रबन्ध निर्देशक क्रिस्टोफर वेनरले भने ‘लक्ष्मी प्रिमियम मोर्टससँगको सहकार्यबाट बीएमडब्ल्यु उत्साहित भएको छ । नेपाली बजार बीएमडब्ल्युको लागि निकट भविष्यमा उदाउदो बजार हो भने, लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यले नेपालमा बीएमडब्ल्यु ब्रान्डको उपस्थिति बलियो हुनेछ । र, बीएमडब्ल्युका ग्राहकहरुले ‘डाइनामिक, इनोभेटिभ तथा बोल्ड’ कारको अनुभव गर्न पाउनेछन् ।’

You might also like

Comments are closed.