गरिमा विकास बैंकको नयाँ वर्ष विशेष योजना, डेबिट/क्रेडिट कार्डमा २०.८१% नगद फिर्ता

काठमाडौं । गरिमा विकास बैंकले नयाँ वर्ष २०८१ को अवसरमा सेवाग्राहीका लागि विशेष योजना ल्याएको छ ।

नयाँ वर्षको अवसर पारेर बैंकले कुनैपनि सेवा तथा सामान खरिद गरी डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१% वा अधिकतम रु २०० नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले नेपालभित्र पि.ओ.एस.मेसिनमार्फत कारोबार गर्दा अधिकतम रु २०० सम्म नगद फिर्ता पाउन सक्ने बताइएको छ ।

jutta mela

नगदरहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन गर्नका लागि सार्वजनिक गरिएको यस योजनाको अवधि २०८१ वैशाख १ गतेदेखि ३ गतेसम्म रहेको छ । साथै आफ्ना ग्राहकको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुवात गरिसकेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम एवं विभिन्न डिजिटल बैकिङ माध्यमबाट सरल, सुरक्षित, गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 

You might also like

Comments are closed.