काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रूपैयाँ तोकिएको छ ।
अधिल्लो दिन प्रतितोला ९२ हजार ८ सय रूपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला आज ५ सय रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रूपैयाँ छ जसको मूल्य मङ्गलबार प्रतितोला ९२ हजार ३ सय रूपैयाँ तोकिएको थियो ।
बुधबार चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी मङ्गलबार प्रतितोला एक हजार २ सय १० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔँस एक हजार ७ सय ७० डलर आसपास कारोबार भइरहेको छ ।
Comments are closed.