सरकारले बजार नियन्त्रण गरेन

कपिल शिवाकोटी
कार्य समिति सदस्य
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल

समर्ग अटोमोवाइल्स क्षेत्रको अवस्थामा मन्दी छाएको छ । त्यसमा पनि हामी कमर्शियल गाडी बिक्री गर्नेहरुको अवस्था झनै गाह्रो अवस्थामा पुगेको छ । उपभोक्ताको आम्दानी घटेको कारण पनि होला, उपभोक्ताले बजारमा खर्च गर्ने ट्रेन्ड नै घट्दै गएको छ । उपभोक्ता बजार चलायमान नभए पछि अटोमोबाइल्स जस्ता क्षेत्र स्वाभाविक रुपमा प्रभावमा पर्छन र

अहिले विभिन्न सूचकलाई देखाएर अर्थतन्त्रमा सुधार हुँदै गएको भनिन्छ तर हाम्रो केसमा झनै नकारात्मक प्रभाव पर्दै गएको छ । पहिले देखि नै कमर्शियल गाडीमा बैंकले कम लगानी गर्दै आएको क्षेत्र हो । बैंकको लगानी बिना यसको कारोबारको कल्पना गर्न सकिन्न । अहिले कमर्शियल मात्र होइन सबै खालको अटोमोवाइल्समा बैंकले लगानी गर्न छाडेकाछन् । यसमा लागनी गर्न चाहने पनि बैंकले उपलब्ध गराउने कर्जाको अवस्थाले निरुत्साहित बन्दै गएका छन् । बैंको सहयोग नभएपछि गाडी किन्ने भन्ने नै हुन्न । एकातिर उपभोक्ताको आर्थिक अवस्था अस्थिर बन्दा माग कम त्यस माथि बैंकको सहयोग नहुँदा गाह्रो परेको छ । जसले गाडी किनेका थिए, त्यसको ब्याजदर पनि धेरै नै बढेको छ । इएमआई तिर्न सक्ने अवस्था छैन । तिर्न नसक्दा गाडी थन्काएर बस्नुपर्ने अवस्था छ । ठेकेदारहरुले काम पाएका छैनन् । काम नहुँदा मेसिन चल्ने कुरा भएन, यसले तिनै गाडीको कर्जा तिर्न सक्ने अवस्था पनि छैन । यही अवस्था रहेमा सबै क्षेत्रमा अफ्ठ्यारो पर्छ । नयाँ नथपिने भएका पनि आम्दानी गर्न नसक्ने अवस्था भएपछि यसका संभावना देखेर लगानी गर्न सक्ने कुरा पनि भएन ।

jutta mela

अहिले बैंकले यति नाफा कमायो भन्ने सुनिन्छ, व्यवसाय र बैंक एक अर्काका परिपुरक हुन, एउटा टाट पल्टिने, एउटा नाफामा जाने भन्ने हुँदैन । बैंकलाई मात्र राम्रो बनाउँछु, व्यवसाय जेसुकै होस् भनेको अवस्था ढिलोचाँडो बैंकलाई असर पर्छ ।

सरकारले बजारलाई नियन्त्रण गर्ने र ब्याजदरमा कमी नगरेको अवस्था स्थिति झनै बिग्रेर जाने निश्चित छ । सरकारले ध्यान पुराउने यस्तै बेलामा हो । निजी क्षेत्रलाई बेलगाम हिँड्न दिँदा यसले कस्तो असर पार्छ भन्ने कुरामो मूल्यांकन नै भएन । सरकारले बजारलाई कुन बेला नियन्त्रण गर्ने र कुन बेला छाड्ने भन्ने कुरामा त ध्यान पुराउनुपर्ने होला नि । अटोमोबाइल्स क्षेत्र एउटाको असरले धेरै तिर प्रभाव पार्ने क्षेत्र हो । राज्यले स्थिति थप नबिग्रदै ध्यान पुराए ठिकै हो नत्र ब्याजदर बजारले नियन्त्रण गर्ने हो, सरकारको कुनै भूमिका नै हुँदैन भनेर पन्छिँदै गए सबै तिर असर पुग्छ । व्यावसायीले पनि यति कारोबार गर्छु, यति ब्याज तिर्छु, यति नाफा राख्छु भनेर व्यवसायिक योजना बनाएको हुन्छ, त्यो अनुसार नभएपछि व्यवसाय चौपट हुन्छ । व्यवसाय बिग्रिपछि ऋण तिर्न सक्ने अवस्था हुन्न ।

अहिले बैंकले यति नाफा कमायो भन्ने सुनिन्छ, व्यवसाय र बैंक एक अर्काका परिपुरक हुन, एउटा टाट पल्टिने, एउटा नाफामा जाने भन्ने हुँदैन । बैंकलाई मात्र राम्रो बनाउँछु, व्यवसाय जेसुकै होस् भनेको अवस्था ढिलोचाँडो बैंकलाई असर पर्छ । अहिले बैंकमा प्रभाव देखिएको छैन । यो वर्ष व्यवसायीलाई सहयोग नगरेको अवस्थामा अर्को वर्ष बैंकमा त्यसको प्रत्यक्ष प्रभाव पर्छ, त्यति खेर सुधार गर्न खोज्दा व्यवसायी उठ्न नसक्ने अवस्थामा पुगिसकेका हुन्छन् । बैंकले व्यवसायीलाई अहिले नै उठाउन सहयोग गर्नुपर्छ । अहिले आयात खोलिएको छ, जुन हाम्रो मागको एक प्रतिशत मात्र हो । मुख्य कुरा अटोमोबाइल क्षेत्रलाई बिलासिकताको क्षेत्र मान्ने नीति नै गलत छ । अझ कमर्शियल भेयिकल्स त देशको मेरुदण्ड हो । यति धेरै नागरिक गरिबीको रेखामुनी रहेको देश छ । धेरैले सार्वजनिक यातायात प्रयोग गर्छन । तिनमा लगानी निरुत्साहित गरेर सरकारले गल्ती गरेको छ । हामीले भन्दा भन्दा थाकिसक्यौं, सुन्ने निकाय कोही छैन । हाम्रा समस्या लाई व्यवसायीका मात्र ठानेर बसियो भने हामी त डुब्छौं नै अन्य क्षेत्रको अवस्था पनि धेरैले सोंचे भन्दा फरक हुन्छ ।

You might also like

Comments are closed.