मन्जुश्री फाइनान्सको नाफामा करिब ४० प्रतिशत वृद्धि

काठमाडौं ।  मन्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वरण अनुसार संस्थाको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा मन्जुश्रीले ३१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको २२ करोड ४६ लाख रुपैयाँभन्दा उल्लेखनीय वृद्धि हो। खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा भएको वृद्धि यस नाफा वृद्धिको प्रमुख कारण मानिएको छ ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ८७ करोड ३२ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६.५१ प्रतिशतले बढी हो। सञ्चालन मुनाफा पनि ४८.५० प्रतिशतले बढेर ५१ करोड ८० लाख रुपैयाँ पुगेको छ। यस अवधिमा वितरणयोग्य मुनाफा ३५ करोड ४५ लाख रुपैयाँ भएको छ ।

निक्षेप २५.८९ प्रतिशतले बढेर २२ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा १९.६५ प्रतिशतले बढेर १८ अर्ब ५९ करोड रुपैयाँमा पुगेको छ । चुक्ता पूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको मन्जुश्रीको रिटेन्ड अर्निङ र जगेडा कोष दुवैमा ७३ करोड ८२ लाख रुपैयाँ सञ्चित छ ।

खराब कर्जा ३.२२ प्रतिशतबाट घटेर ३.११ प्रतिशतमा झरेको छ। नाफासँगै प्रतिशेयर आम्दानी (EPS) पनि ६ रुपैयाँ ६४ पैसाले बढेर २३ रुपैयाँ २६ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ८५ पैसा रहेको छ भने असार मसान्तसम्म मूल्य–आम्दानी अनुपात (P/E ratio) २६.७९ गुणा रहेको छ।

You might also like

Comments are closed.

Secret Link