जनउत्थानको १४ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ औँ वार्षिकोत्सव मनाएको छ । संस्था स्थापनाको अवसरमा विभिन्न कार्यक्रमका साथ वार्षिकोत्सव मनाइएको हो ।

सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका उप निर्देशक जिवनप्रकाश पाण्डे रहेका हुन् । प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका उप निर्देशक पाण्डेले १४औं वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना दिदै नेपालमा रहेका लघुवित्तमध्ये जनउत्थान सामुदायिक लघुवित्तको उद्धेश्य तथा लक्षित समुदाय अलि फरक रहेको बताए ।

उनले पछिल्लो समय बजारमा विभिन्न समुहहरुले लिएको ऋण तिर्नु पर्दैन राज्यले मिनाह गर्छ भन्ने खालका भ्रामक सन्देशहरु सम्प्रेषण गरेका छन् त्यसका पछि नलागी आफूले लिएको ऋणको सही सदुपयोग गरी तिर्नुपर्ने साँवा तथा ब्याज समयमा तिरी एक असल ऋणीको पहिचान स्थापित गर्न सुझाव दिएका छन् ।

jutta mela

कार्यक्रममा सञ्चालक तथा पूर्व अध्यक्ष रेवन्तबहादुर विश्वकर्मा, सञ्चालक मानबहादुर विश्वकर्मा (एम.बी), संस्थापक जोगलाल विश्वकर्मा, संस्थापक माधवप्रसाद नेपाल, वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार राय लगायतले आफ्ना धारणा राखेका छन् ।

वित्तीय संस्थाका अध्यक्ष विश्वकर्माले १४औं वर्षसम्म यस संस्थालाई साथ र सहयोग गर्नुहुने नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकाय तथा सरोकारवाला निकायहरुप्रति धन्यवाद दिएका छन् । होटल न्यू इरा, बुटवल, रुपन्देहीमा भएको कार्यक्रम सञ्चालन भरतकुमार रसाली र स्वागत मन्तव्य संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद उपाध्यायले गरेका हुन् ।

सोही कार्यक्रममा विभिन्न बैंकिङ समुदायबाट प्रतिनिधित्व गरी आउने सदस्यले सफलताका कथा, कविता, गीत तथा साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए । १४औं वार्षिकोत्सवको सन्दर्भमा संस्थाका ३९ वटै शाखा कार्यालयमार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्रियाकलापहरुहरु अपाङ्गता भएका छात्र, छात्राहरु, जेहन्दार तथा गरिव बालबालिकाको गुणस्तरीय शिक्षाका लागि शैक्षिक सामाग्री वितरण, सामुदायिक विद्यालयमा पङखा, वाटर फिल्टर लगायत भौतिक सामाग्री वितरण, दृष्टि विहीन, स्वास्थ्य संस्थामा भौतिक सामाग्री वितरण गरेको जनाइएको छ ।

साथै अपाङ्ग, ज्येष्ठ नागरीकलाई सम्मान, अनाथ आश्रम तथा वृद्धा आश्रममा जिन्सी तथा खाद्यान्न सामाग्री वितरण, रक्तदान कार्यक्रम, सरसफाई तथा डस्टविन वितरण, फलफुल वितरण, स्थानीय प्रहरी चौकीमा भौतिक सामाग्री वितरण, मन्दिर परिसर सरसफाई, कृषक सदस्यलाई वीउ विजन वितरण, सम्पूर्ण शाखा कार्यालयबाट सिर्जनात्मक कार्यक्रम गरी मनाइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार रायले बताए ।

वित्तीय संस्थाले आफ्नो १४औं वर्ष सम्मको यात्रामा पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका ११ वटा तराईका जिल्लाहरु र थप ८ वटा पहाडी जिल्ला गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालमार्फत करिव ४५ हजार समुह सदस्य समक्ष सेवा पु¥याउनुका साथै समुह सदस्यको मागमा आधारित विभिन्न सीपमूलक तालिम, वित्तीय साक्षरता अभियान तथा सामाजिक उत्तरदायित्वसंग सम्बन्धित सेवाहरु समेत प्रदान गर्दै आएको छ ।

 

You might also like

Comments are closed.