एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा अर्जुनराज खनिया

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा पदोन्नती गरिएको छ ।

सन् २००४ देखि बैंकिङ क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखा, विभाग एवम् इकोसिस्टममा काम गरी दुई दशक भन्दा लामो अनुभव बटुलेका छन् ।

सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनियाले सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएर काम गरेका थिए ।

jutta mela

त्यसपछि यस बैंकका विभिन्न विभाग तथा इकोसिस्टममा प्रमुखको रुपमा नेत्तृत्वदायी भूमिकामा रही बैंकको व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा अतुलनीय योगदान पु¥याएका छन् ।

खनिया हाल बैंकको रणनीतिक प्रदर्शन व्यवस्थापन इकोसिस्टम तथा अनुभव आश्वासन इकोसिस्टम प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका छन् । बैंकको विभिन्न विभाग तथा इकोसिस्टममा नेतृत्वदायी भूमिका निर्वाह गर्दै खनियाले बैंकको रुपान्तरण यात्रामा अतुलनिय योगदान दिएर आफ्नो सफल जिम्मेवारी निर्वाह गरेका छन् ।

उनलाई पदोन्नती गरी दिइएको थप जिम्मेवारीले बैंकलाई थप उचाई हासिल गर्दै उच्च व्यवसायिक सफलता प्राप्त गर्न योगदान गर्ने छ भन्ने पूर्ण विश्वास रहेको बैंकले जनाएको छ ।

You might also like

Comments are closed.