टि.भि.एस् अपाचे सिरिजको रेस एडिसनको नयाँ भर्सन नेपालमा

काठमाडौं । विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक, जगदम्बा मोटर्सले नेपालमा टि.भि.एस अपाचे RTR 200 4v को फस्र्ट इन् क्लास राइडिङ मोड्स, RT-FI, BS-VI र ए.बि.एस्  सहितको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमबीच सार्वजनिक बाइक सार्बजनिक गरिएको हो ।

उक्त अवसरमा बोल्दै टिभिएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष आर दिलीपले टिभिएस अपाचे श्रृंखला, संसारभरी रहेका ग्राहक र रेसिंग उत्साहीहरुका लागि नयाँ प्रविधिको कौशल प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण रहेको बताए । ‘मोटरसाइकल नेपालमा प्रस्तुत गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं र आशा गर्दछौं कि  यस नयाँ मोडलले हाम्रा नेपाली ग्राहकहरु लाई थप उत्साहित र खुशी बनाउँनेछ,’ उनले भने ।

जगदम्बा मोटर्स तथा शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले नेपाली ग्राहकहरुले सधैं नै टि.भि.एस् अपाचे सिरिजको रेस एडिसनलाई सधैं रुचाउने गरेको बताए ।

यो मोटरसाइकलमा अब पहिलाको भन्दा फरक फस्र्ट इन् सेगमेन्ट एड्जस्टेबल सस्पेन्सन सहित आएको बताइएको छ । जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलर छन् ।

You might also like

Comments are closed.