काठमाडौं । ए वान रिइन्स्योरेन्स ब्रोकर प्रा. लि.ले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत बीमा दाविमा निःशुल्क प्राविधिक सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।
कम्पनीका अनुसार हालसालै GEN-Z आन्दोलनका क्रममा भएको नोक्सानीसँग सम्बन्धित बीमा दावामा कुनै समस्या परे पीडितहरूले कम्पनीसँग सम्पर्क गर्न सक्नेछन् । यसबाट बीमित व्यक्तिहरूलाई दावी प्रक्रियामा सहजता हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
“ग्राहकलाई सहज र प्रभावकारी बीमा सेवा दिनु हाम्रो प्रमुख उद्देश्य हो । नोक्सानीका घटनामा बीमितलाई उचित सहयोग पुर्याउन हामी सदैव प्रतिबद्ध छौं,” कम्पनीले जनाएको छ ।
बीमा दावीसम्बन्धी निःशुल्क प्राविधिक सेवा लिन इच्छुकले ९८५१०३३९३५ वा ९८५१३१०७६५ मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ ।
Comments are closed.