डिबी बस्नेत
सभापति, कृषि उद्यम केन्द्र तथा केन्द्रीय सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर्ने व्यापार मेलामा बजारमा माग भएका वस्तुहरु समावेश हुनेछन् । कृषि उत्पादनलाई राष्ट्रिय स्तरमा जोड्ने गरी महासंघले व्यापार मेला आयोजना गर्दै आइरहेको छ । प्रदेश, जिल्ला, नगरमा रहेका उद्योग वाणिज्य संघको समन्वयमा देशभरका व्यवसायीलाई मेलामा सहभागी गराउने कोशिसमा छौँ ।
संघको सिफारिसमा आएका व्यवसायीलाई सहुलियत पनि दिनेछौँ । कृषि क्षेत्रको प्रवद्र्घनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सहकार्य गर्ने काम भइरहेको छ । नेपालमा उत्पादन भएका सामान बाहिर पठाउने, बाहिरका नयाँ प्रविधि यहाँका व्यवसायीलाई अवलम्वन गराउन व्यापार मेला महासंघले गर्दै आएको छ ।
भृकुटीमण्डपमा बैशाख २५ देखि २९ गतेसम्म आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा भारत, चीन, पाकिस्तान र बंगलादेशको प्रतिनिधित्व रहने हुँदा हाम्रा व्यवसायीलाई उनीहरुबाट कृषिसँग जोडिएका नयाँ प्रविधि, वीउँविजन, मल व्यवस्थापन, उत्पादन, बजारीकरण लगायतका धेरै कुरा सिक्ने अवसर मिल्नेछ ।
व्यापार मेलामा स्वेच्छिक रुपमा व्यवसायी आउन सक्नुहुनेछ । जनप्रतिनिधि सक्रिय भएका क्षेत्रका कृषि व्यवसायी गाउँ गाउँबाट यसभन्दा अघिका मेलामा आउने गर्नु भएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न र देश तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिन जनप्रतिनिधिले पनि सहजिकरण गरिदिएमा व्यवसायीलाई मेलामा आउन सजिलो हुनेछ ।
Comments are closed.