कालिका लघुवित्तको १३ प्रतिशत शेयर लाभांस पारित

पोखरा । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाले विभिन्न प्रस्तावहरु पारित गर्दै आ.व.०७७/०७८ को बाह्रौ साधारण सभा सम्पन्न गरेको छ ।

शुक्रवार सम्पन्न बाह्रौ साधारण सभाको उद्धघाटन संचालक समितिका अध्यक्ष एवं सभाका अध्यक्ष कृष्ण बहादुर खाँणले गरेका थिए ।

सभा अध्यक्ष एवं संचालक समितिका अध्यक्ष कृष्ण बहादुर खाँणले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनका सम्बन्धमा सहभागी शेयरधनीहरुको तर्फबाट उठेका टिप्पणी र सुझावहरुमा विस्तृत छलफल गर्दै सभामा पेश भएका विभिन्न प्रस्तावहरु लगायत १३ प्रतिशत शेयर लाभांस सहितको वार्षिक प्रतिवेदन पारित गर्दै आ.व.०७७/०७८ को बाह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

jutta mela

पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, पूर्व संस्थापक अध्यक्ष चन्द्र बहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा प्रवन्ध संचालक केशवनारायण प्रधानले संस्थाको बर्तमान अवस्था र भावी योजनाहरुवारे विवरण प्रस्तुत गरेका थिए । संस्थाका कम्पनी सचिव एवं वरिष्ठ प्रवन्धक फणिन्द्र पाण्डेले उक्त सभा संचालन गरेका थिए ।

You might also like

Comments are closed.